नदीमा माछा मार्ने क्रममा डुबेर १ जनाको मृत्यु

नदीमा माछा मार्ने क्रममा डुबेर १ जनाको मृत्यु


दाङ – राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ ।

नदीमा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको शुक्रबार राति मृत्यु भएको हो ।

डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको छ ।

उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।