नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । मंगलवार प्राधिकरणका अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।

प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला उनले सञ्चार मन्त्री रेखा शर्मासमक्ष राजीना पत्रमा बुझाएका छन् । आगामी साउनसम्म कार्यकाल रहे पनि खनालले राजीनामा दिएका हुन् ।

अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ । खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमासमेत तानिएका छन् ।