धनगढी – माघ महिनालाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।
आज मंगलबार बसेको गाउँपालिकाको गाउँ सभाले पुस २९ देखि माघ २ गतेसम्म ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
थारु समुदायले माघी पर्व ३ दिन मनाउने भएकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिए ।




प्रतिक्रिया