एसईई खारेज गर्नु हुँदैन : अध्यक्ष डा. शर्मा

एसईई खारेज गर्नु हुँदैन : अध्यक्ष डा. शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्न नहुने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि भएको छलफलका क्रममा शर्माले माध्यमिक शिक्षा परीक्षा खारेज गर्दा १२ कक्षा पास गर्ने विद्यार्थीको संख्या घट्न सक्ने र अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको शैक्षिक क्षेत्रमा प्रश्न उठ्न सक्ने भएकाले एसईई खारेज गर्न नहुने सुझाव दिए ।

अध्यक्ष शर्माले हाल सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षालाई बोर्डले नभई प्रदेश सरकारले सञ्चालन गर्न सक्ने धारणा राखे । १० र १२ कक्षाको परीक्षाले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरेको बताउँदै उनले परीक्षालाई व्यवस्थित तवरले सञ्चालन गर्न सकिने बताए ।