काठमाण्डुमा हल्का वर्षा

काठमाण्डुमा हल्का वर्षा


काठमाण्डु – राजधानी काठमाण्डुका १–२ स्थानमा आज बुधबार हल्का वर्षा भएको छ ।

मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाण्डुका गोंगबु, चाबहिल, बालाजु र महाराजगञ्ज लगायतका स्थानमा छिटफुट वर्षा भएको छ ।

काठमाण्डुका १–२ स्थानमा छिटफुट मात्र वर्षा भएर रोकिएको छ ।

काठमाण्डु उपत्यकाबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । मनाङ, सोलुखुम्बु, हुम्ला लगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ ।