बंगलादेशमा रहेकी चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै

बंगलादेशमा रहेकी चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगलादेश भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ ।

माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् ।

बंगलादेश भ्रमण सकेर उनी नेतृत्वको टोली भोलि शुक्रबार बिहान साढे ११ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।

टोली ४ दिनसम्म नेपाल भ्रमणमा रहने भएको छ ।