हुस्सु-कुहिरो र हिमपातका कारण बढ्यो चिसो,सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

हुस्सु-कुहिरो र हिमपातका कारण बढ्यो चिसो,सतर्कता अपनाउन महाशाखाकाे अनुरोध


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ ।

मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अधिकांश तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्ने हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।