काठमाण्डु- रुकुम पश्चिममा प्रहरी जवानमाथि कुटपिट भएको छ।
इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो। बाँफिकोट गाउँपालिका-३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेतिर कुटपिट भएको जनाइएको छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीमाथि कुटपिट गर्नेहरू फरार छन्। प्रहरीलाई कुटपिट गर्नेमा बाँफिकोट गाउँपालिका-५ का ३४ वर्षीय हिरालाल केसी, बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर-४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्कालगायत १२(१३ जनाको समूह रहेको छ ।
उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको जनाइएको छ । कुटपिटबाट प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ।




प्रतिक्रिया