ललितपुरमा विदेशी महिला मृत भेटिइन्

ललितपुरमा विदेशी महिला मृत भेटिइन्


काठमाण्डु- ललितपुरमा एक जना विदेशी नागरिकको शव भेटिएको छ । आज बिहान ललितपुरको मंगलबजारनजिकै विदेशी महिला मृत भेटिएकी हुन्। उनी जर्मन नागरिक भएको खुलेको छ ।

उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।