छानबिन समितिको निष्कर्षः एनसेल खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिने अवस्था छैन

छानबिन समितिको निष्कर्षः एनसेल खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिने अवस्था छैन


काठमाण्डु- एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे छानबिन गर्न बनेको समितिले थप छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । निवर्तमान महालेखापरिक्षक शर्मा नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

उक्त समितिले प्रतिवेदनमा एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो जिम्मेवारी पालना नगरेकाले थप छानबिन गर्न सिफारिस गरेको छ ।

समितिका संंयोजक टङ्कमणि शर्मा दङ्गालले यो खरिद सम्झौता यथास्थितिमा स्वीकार गर्न सकिने अवस्था नदेखिएको समितिको निष्कर्ष भएको बताए । एनसेलले नेपालले व्यवसाय गरेदेखि एक खर्बभन्दा बढी नाफा कमाएको समितिको अध्ययनले देखिएको उनको भनाइ छ । समितिले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाले नेपालमा लगानीको वातावरण छैन भनी दिएको प्रतिक्रियामा समेत प्रश्न उठाएको छ ।