सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन्।

सरकारले गत कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ।