काठमाण्डु – बैतडी जिल्लामा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालक सहितका अन्य ७ जना घाइते भएका छन् ।
दोगडाकेदार गाउँपालिका–२ कटौजपानीमा सुप प्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका–८ की १३ वर्षीया बालिका मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको छ ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले दुर्घटनामा चालकसहित अन्य ७ जना घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया