अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ

अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ टेढारोडबाट अवैध लागूऔषध गाँजा करीब ५ किलोसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्तीपुर बस्ने २७ वर्षीय पवन गिरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनलाई गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ १ जना व्यक्तिले झोला छाडी फरार भएपश्चात झोला जाँच गर्ने क्रममा अवैध लागूऔषध गाँजा करीब ५ किलो फेला पारी प्रहरीले बरामद गरेको छ ।

हाल फरार व्यक्तिको खोजी गर्नुका साथै गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।