काठमाण्डु- शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ । सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्तिवाटिकामा धर्नामा बसेका आन्दोलनकारीहरुलाई काठमाण्डु महानगरपालिकाले त्यहाबाट पनि लखटेको हो।
आफूहरुलाई लछारपछार गर्दै लखेटेको पीडितहरु बताउँछन् । उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो । शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।
यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।
न्याय माग्दै धर्नामा रहेका पीडित र मिटरब्याज पीडितहरुलाई महानगरको टोलीले त्यहाँ बसेकाहरुलाई सामान प्याक गर्न लगाएर ठाउँ खालि गर्न भनेको छ।




प्रतिक्रिया