काठमाण्डु- संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्को महासचिवमा पदमा नियुक्त गरेका थिए । उनलाई महासचिवमा नियुक्त गरिएको विषय प्रतिनिधिसभा बैठकलाई सभामुख घिमिरेले जानकारी गराएका छन् ।




प्रतिक्रिया