काठमाण्डु- क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले २५ ओभरमा चार विकेट गुएमाको छ । नेपालले २५ ओभरमा चार विकेट चार विकेट गुमाएर एक सय २४ रन बनाएको हो।
अहिले नेपालका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल १७ र छैटौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख चार रन बनाउँदै क्रिजमा छन् ।त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए ।
नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ६२ रन बनाउँदै आउट भएका थिए ।नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो ।




प्रतिक्रिया