रुकुम पूर्वमा आगलागीबाट ५० हजार बराबरको धनमाल क्षति

रुकुम पूर्वमा आगलागीबाट ५० हजार बराबरको धनमाल क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पूर्व – रुकुम पूर्वमा गए राति ११ः३० बजे एक घरमा आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दीवाकर रीजालले जानकारी दिए । घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर आगलागी भएको थियो ।

उनका अनुसार ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीय मोतीकला बुढाको हात, खुट्टा र ढाडमा आगोले पोलेकाले उपचारका राति नै जनस्वास्थ्य रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पठाइएकामा त्यहाँपनि उपचार असम्भव भएपछि अहिले नेपालगञ्ज लगिएको छ। आगलागीबाट एउटा भैंसी र बाख्रा जलेर घाइते भएका छन् । आगो प्रहरी र स्थानीयवासीले राति २ बजे नियन्त्रणमा लिएका थिए ।