आज यी प्रदेशमा हुनेछ हिमपात

आज यी प्रदेशमा हुनेछ हिमपात


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ ।

 बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहको छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।