राष्ट्रसंघीय मिसनमा अनिवार्य २० प्रतिशत महिला प्रहरी

राष्ट्रसंघीय मिसनमा अनिवार्य २० प्रतिशत महिला प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमापठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्‍याएको छ। फर्म्ड पुलिस युनिट(एफपियु) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको हो।

प्रहरीले बनाएको एफपियु छनोट कार्यदेश २०७५ मा दुई जुनियर अधिकृतसहित हरेक एफपियु टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख रहेको छ। शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीतिअनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको हो।यो समाचार आजको नयांपत्रिकामा छ ।