काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।
चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।



प्रतिक्रिया