प्रचण्डले आत्मालोचना गरेपछि नयाँ समीकरणको सरकार बन्यो : महासचिव पोखरेल

प्रचण्डले आत्मालोचना गरेपछि नयाँ समीकरणको सरकार बन्यो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकालको विवादको विषयमा आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनेको बताएका छन् ।

नेकपा एमाले कास्कीको जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान सरकार कुनै वामपन्थी गठबन्धन नभएको बताए ।

‘पुरानो गठबन्धनको आधारमा मुलुकलाई अगाडि बढाउन खोज्ने हो भने भविष्य फस्नेछ भन्ने मान्यताको आधारमा गठबन्धन भत्काउन तयार हुने हो भने हामी सहकार्य गर्न तयार छौं, हामीले कांग्रेसका नेताहरूलाई पनि भनेका थियौं, तपाईंहरू तयार हुनुस्, हामी साथ दिन तयार छौं । हामीले माओवादीलाई पनि भनेका थियौं । कांग्रेस तयार भएन । माओवादी भयो,’ उनले भने, ‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं तर उहाँ पुरानै गठबन्धनमा फर्किनुभएको थियो । हामी सरकारबाट बाहिरिएर तपाईंले गलत गर्नुभयो भनेर त्यसै बेला भनेका थियौं ।’

अहिले एउटा विन्दुमा आइपुग्दा प्रचण्डले फेरि महसूस गरेपछि सहकार्य सुरु भएको उनले बताए । ‘देशभक्तिपूर्ण आन्दोलनको यात्राबाट मैले आफूलाई अलग गर्न सक्दिनँ भन्ने लागेर सुशासन र विकासका प्रश्नमा आफू नेतृत्वको टीम सहयोगी बन्न नसक्ने निष्कर्षमा प्रचण्ड पुग्नुभयो । उहाँले नेकपाकालको विवादको विषयमा पनि आत्मालोचना गरेपछि हामीले पुरानो गठबन्धन भत्काएर नयाँ समीकरणको सरकार बनाएका छौं । यो कुनै वामपन्थी गठबन्धन होइन,’ उनले भने ।

अहिले फेरि माओवादीसँग सुरु भएको सहकार्यले मिसन २०८४ लाई सफल बनाउन मद्दत पुग्ने उनले बताए । एमाले समाजवादी मोर्चामा जाने पक्षमा नरहेको महासचिव पोखरेलले स्पष्ट पारेका छन् ।