काठमाण्डु – नेकपा एकीकृत समाजवादीले गठबन्धनमा छलफल गरेर मात्रै उपचुनावबारे निर्णय लिने भएको छ ।
आईतबार बसेको पार्टी सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरेपछि मात्रै उम्मेदवारबारे टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ ।
सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने/नउठाउनेबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
एमालेले उम्मेदवार तय गर्ने निर्णय गरे पनि सत्तारूढ गठबन्धनका नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारबारे निर्णय लिएका छैनन् ।




प्रतिक्रिया