वर्षासँगै घट्यो काठमाण्डुको प्रदूषण

वर्षासँगै घट्यो काठमाण्डुको प्रदूषण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केही हप्तायता राजधानी काठमाण्डुसहित देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषण वर्षासँगै घटेको छ ।

‘एयर क्वालिटी इन्डेक्स’को मंगलबारको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १२७ रहेको छ । एक्यूआई गत शनिबार १९२, आईतबार १७६, सोमबार १५६ पुगेको थियो । वायु प्रदूषण घटेर मंगलबार एक्यूआई १२७ अंकमा झरेको छ ।

देशभरका विभिन्न सामुदायिक र राष्ट्रिय वनमा डढेको लाग्दा वायु प्रदूषण बढेको थियो । मंगलबारको वर्षाले वायु प्रदूषण न्युनीकरणमा सहयोग पुर्‍याएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अझै ३ दिन वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले पनि लुम्बिनी, कोशी प्रदेश तथा काठमाण्डु आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।