राष्ट्रपति चुरे–तराई मधेशका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राष्ट्रपति चुरे–तराई मधेशका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।

उनलाई अख्तियारको कार्यालय बुटवलको टोलीले १ लाख २० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो । उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने कार्यमा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

पालविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर १ लाख २० हजार रुपैयाँ बिगो कायम गरी कैद सजायको मागदाबीसहित शुक्रबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।