डा. गोविन्द केसीले फेरि सुरु गरे अनसन

डा. गोविन्द केसीले फेरि सुरु गरे अनसन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य क्षेत्रका विषय पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले फेरि अनसन थालेका छन् ।

शनिबार पशुपति क्षेत्रको मृगस्थलीमा उनले २२औं अनसन सुरु गरेका छन् ।

सरकारलाई दिएको अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै उनले शनिबार अपराह्नदेखि अनसन थालेका छन् ।

विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने लगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिलाई कारबाहीको माग गर्दै उनी अनसन बसेका छन् ।