करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवन र सर्लाहीमा भएका छुट्टाछुट्टै घटनामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

चितवनको माडी नगरपालिका–२ जिवनपुर बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनियाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुँईमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेकोदेखि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए ।

घाइतेमध्ये कुसुमको सिद्धि बिनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।