बालुवाटारको छलफलपछि गगन र शेखरको भेटवार्ता, के-के भयो कुराकानी ?

बालुवाटारको छलफलपछि गगन र शेखरको भेटवार्ता, के-के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । दुबै नेताबीच आइतवार कोइरालाको सचिवालय विशालनगरमा भेटवार्ता भएको हो ।

कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा छलफल भएको जनाइएको छ ।

त्यस्तै गगन र शेखरबीच संसदीय दलको नेता परिवर्तनबारे पनि छलफल भएको छ ।  भेटमा महामन्त्री थापाले शनिवार राष्ट्रपति रामचन्द्र पौडेल र आइतवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे कोइरालालाई जानकारी गराएका थिए।

आज विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेता बालुवाटर पुगेका थिए । बालुवाटारमा उनीहरुले प्रधानमन्त्री प्रचण्डसँग गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबीन समिति बनाउनेबारे छलफल गरेका थिए । बालुवाटारको छलफलपछि गगन थापाले कोइरालासँग भेटवार्ता गरेका हुन् ।