काठमाण्डु – सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चट्टानी अडान लिएपछि सत्तारुढ दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा भेटवार्ता गरिरहेका छन् ।
मंगलबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने पूर्वसन्ध्यामा कांग्रेसले संसद् अवरोध कायमै राख्ने अडान लिएपछि शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन हुनुपर्ने अडान लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा देखिनसक्ने सम्भावित संकट अन्त्य गर्न सभामुख देवराज घिमिरेले सोमबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रवि लामिछानेलाई फोन गरेर राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेका छन् ।




प्रतिक्रिया