संसदमा बोल्न दिए मात्र संसदीय छानबिन समितिबारे छलफल गर्न सकिन्छः रवि लामिछाने

संसदमा बोल्न दिए मात्र संसदीय छानबिन समितिबारे छलफल गर्न सकिन्छः रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई संसदमा बोल्न नदिएको भन्दै गुनासो गरेका छन् ।

सिंहदरबारमा गठबन्धन दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको जवाफ संसदमा दिन पाउनुपर्ने बताएका हुन् ।

आफूमाथि लागेका आरोपबारे संसदमा बोल्न पाएपछि मात्र संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।

‘एक पटक जवाफ दिन पाउनुपर्छ, त्यसपछि अरु कुरा गर्न सकिन्छ ।’, लामिछानेले भने । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

संसदीय समिति गठन नगरिएसम्म संसद चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ । तर, सत्ता पक्ष भने संसदीय छानबिन समिति गठन हुन नसक्ने अडान राख्दै आएका छन् ।