देशभरका ५ लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

देशभरका ५ लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले देशभरका ५ लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्ष २०८१/८२ मा ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने बताए ।

राष्ट्रपति पौडेलले सरकारले भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गर्ने बताए । ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले मालपोत र नापी सम्बन्धी आधारभूत सेवा पालिकाबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाउने जनाइएको छ । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी तथा संरचनागत सुधार गरिने जनाइएको छ ।