काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को साउनदेखि शिक्षकको तलब मासिक रूपमा दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने जानकारी दिए ।
शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएकोमा अब मासिक रूपमा दिने नीति सार्वजनिक भएको छ ।
शिक्षकलाई राजनीतिक दलसँग आवद्ध हुन नदिने कानूनी व्यवस्थाको कार्यान्वयन गर्ने नीति सरकारले लिएको छ ।




प्रतिक्रिया