क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउन सक्ने

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको पुनरावेदन मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

उच्च अदालत पाटनमा दिनभरको सुनुवाइपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबार पनि इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने र फैसला भोलि बुधबार नै आउन सक्ने जनाइएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको छ । बुधबारै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीशद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।