काठमाण्डु- कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ परेका छन् ।
मंगलवार प्रहरीले पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राइम बहुउद्धेश्यिय सहकारीको निक्षेप हिनामिना गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङ रहेका छन् ।
सहकारीका सञ्चालक समितिका पदाधिकारीसमेतले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रहरीमा जाहेरी दिएको थियो ।




प्रतिक्रिया