बिहीवारदेखि काठमाण्डुका यी क्षेत्रमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

बिहीवारदेखि काठमाण्डुका यी क्षेत्रमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुका विभिन्न स्थानमा बिहीवारदेखि ४ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

उल्लेखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।