काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको सदस्यमा प्रा.डा. अजय भट्टराई नियुक्त भएका छन् ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भट्टराईलाई सेवा आयोगको सदस्यमा नियुक्त गरेका छन् ।
शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सदस्य सिफारिस समितिले भट्टराईलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।
सदस्यका लागि ८ जनाले आवेदन दिएका थिए । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।
आयोगको अध्यक्षमा गत भदौमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका थिए । सदस्यका लागि प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल, राजनारायण यादव, मुकुन्द प्रसाद क्षेत्री, लालप्रसाद अम्गाईं, सञ्जय आचार्य, अजय भट्टराई, ज्ञानबहादुर थापा र नवराज कट्टेलको दरखास्त समितिले स्वीकृत गरेको थियो ।




प्रतिक्रिया