काठमाण्डु – सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयहरू शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिइन् ।
बैठकले स्थानीय जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
फौजदारी कसूर (कैद कट्टा) तेस्रो संशोधन नियमावली २०८१ स्वीकृत गरिएको छ ।
संघीय संसद्को प्रतिनिधि सभामा विचाराधीन रहेको राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरिएको छ ।
यस्ता छन् निर्णयहरू –






प्रतिक्रिया