काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद समेत रहेका महतले गृहमन्त्री लामिछानेमाथि नै छानबिन गर्नका लागि संसदीय छानबिन समिति आवश्यक भएको बताए ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने उनले बताए । गृहमन्त्री लामिछाने शक्तिमा भएकाले उनीउपर भइरहेको छानबिनमा अनुचित प्रभाव पर्न सक्ने भएकाले संसदीय छानबिन समितिको माग गरिएको बताए ।
सत्ता र शक्तिमा हुनेहरू छानबिनमा नआउने तर सत्ता र शक्तिबाहिर हुनेहरू छानबिनमा आउने गरी समिति बन्न नहुने उनले बताए । सांसद महतले गिरिबन्धु टी–इस्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरू नै संलग्न भएको भन्दै कांग्रेसको कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।




प्रतिक्रिया