काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीति तमासा देखाइरहेको गुनासो गरेका छन् ।
शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डले राजनीतिमा तमासा मात्र गरेको तर निकास कुनै पनि कुरामा निकाल्न नसकेको बताए ।
उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू, अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली उहाँको तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं । नेपालको राजनीतिले कुन कोर्स लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहन्छौं, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको कम्युनिस्टहरू बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस् ।’




प्रतिक्रिया