सहकारी ठगीमा मुछिएपछि रवि लामिछाने गृहमन्त्री भएर बस्न मिल्दैन : डा. कोइराला

सहकारी ठगीमा मुछिएपछि रवि लामिछाने गृहमन्त्री भएर बस्न मिल्दैन : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगीमा मुछिएपछि रवि लामिछानेले गृहमन्त्री भएर बस्न नमिल्ने टिप्पणी गरेका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न नमिल्ने बताए ।

उनले भने, ‘रवि लामिछानेजीको इस्यूलाई पनि अलिकति कुरा तपाईंहरूले पनि बुझाउनुपर्नेछ । साथीहरूले धेरै ठाउँमा धेरै कुरा भन्नुभएको छ, तपाईंहरू त कस्तो डेमोक्रेटिक पार्टी हो बोल्न पनि दिनुहुन्न भनेर भन्नुहुन्छ । हामीहरूले बोल्न नदिएको होइन रविजीलाई । बोल्नुस् भनेर भनेकै हो हामीहरूले । तर हामीहरूले के भनेका थियौं भने तपाईंले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौं । होइन भने हामी तपाईंले बोलेको बोलीको खण्डन गर्छौं भनेर भन्दा त्यो स्वीकार्य भएन । अब के गर्ने ? हामीहरूले राजीनामा पनि मागेको छैन ।’

गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न नदिएको भन्ने कुरा गलत भएको उनले बताए ।