लुम्बिनी प्रदेशसभा बैठक भोलि बस्ने

लुम्बिनी प्रदेशसभा बैठक भोलि बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशसभा बैठक भोलि आईतबार बस्ने भएको छ ।

बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्दैछ ।

आईतबार बस्ने चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले सदनमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

आईतबार प्रदेशको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ । प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची छ ।

यसअघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको थियो ।