काठमाण्डु – संसद् अवरोध अन्त्यका विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ ।
छलफलमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गृहमन्त्री रवि लामिछाने र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी छन् ।
नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर नेपाली कांग्रेसले संसद् अवरोध गर्दै आएको छ ।




प्रतिक्रिया