बालुवाटारमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्ने सहमति जुट्याे

बालुवाटारमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्ने सहमति जुट्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । शनिवार बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको बैठकमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

जसअनुसार संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन कार्यदल गठन गरिएको छ । उक्त कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन् ।

सहकारीबारे संसदीय छानबिन समिति बनाउनेमा सबै दलको सहमति रहेको समेत लेखकले बताए ।