संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा नामै किटेर गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। सो माग पूरा नगरेको भन्दै संसद्को कार्यसूची प्रभावित पार्दै आएको कांग्रेस प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सहमतिको बिन्दुमा पुगेको हो।

यद्यपि संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ। टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ।