सुदूरपश्चिममा दुई मन्त्रालय लिएर सरकारमा जाने माओवादीको तयारी

सुदूरपश्चिममा दुई मन्त्रालय लिएर सरकारमा जाने माओवादीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्रालय लिएर सहभागी हुने भएको छ । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले सरकारमा एमाले र माओवादीले दुई, दुई मन्त्रालयसहित सहभागी हुने जानकारी दिए ।

पार्टीबाट को–को मन्त्री हुने भन्ने विषयमा भने यकिन भइनसकेको र छलफल भइरहेको जानकारी दिए ।

बिहीबार एकीकृत समाजवादी पार्टीबाट उम्मेद्वार भई मुख्यमन्त्री बनेका दीर्घ सोडारीले विश्वासको मत प्राप्त गरेको थिए।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने उन्मुक्तिकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन्।

सुदूरपश्चिम प्रदेश सभामा अहिले माओवादीका सभामुख सहित ११ सासंद छन्। एमालेका उपसभामुख सहित ११ जना सासंद छन्।