काठमाण्डु- ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाण्डुको तार्केश्वर–९ मनमैजुमा शंकास्पद अवस्थामा फेला परेको थियो ।




प्रतिक्रिया