दुई घण्टा सारियो राष्ट्रिय सभा बैठक

दुई घण्टा सारियो राष्ट्रिय सभा बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभा बैठक दुई घण्टा सारिएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकले आज १ः१५ को लागि तोकिएको राष्ट्रिय सभाको बैठक आजै अपराह्न ३ः१५ बजेका लागि सार्ने निर्णय गरेको हो।

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल बैठक बसिरहेकाले विपक्षी दलहरूको आग्रहमा सारिएको हो ।  सहकारी संस्था ठगीबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ ।

कार्यदल बैठकले टिओआरमा सहमति नगरेसम्म विपक्षी दलले बैठक नचलाउन सभामुखलाई आग्रह गरेका थिए ।