यी हुन् किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या गर्ने ७ जना

यी हुन् किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या गर्ने ७ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुले आज पत्रकार सम्मेलनमार्फत प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित सात जनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ घर भई हाल मनमैजु बालाजु, जरंखुलगायत स्थानहरूका सडकपेटीमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया विपना, वसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको तानी गाउँपालिका–४ ओखरेकी २१ वर्षीया बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

उनका अनुसार अभियुक्तहरु अष्ट नारायण हलपछाडि, २२ धारा जङगलबाट भाग्न लागेको अवस्थामा प्रहरीले एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको हो ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भई हाल ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत मृतक प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाण्डुको तार्केश्वर–९ मनमैजुमा फेला परेको थियो । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुई तलामा म्याटले छोपेको अवस्थामा शव फेल परेको प्रहरीले जनाएको छ ।

यसकारण युवराजको हत्या गरियो

जेठ ३ गते ड्युटी सकेर गोङ्गबु गणेशस्थान स्थित डेरामा पुगेर उनी मनमैजु हिलेटोल स्थित खाजा घर पुग्छन् । होटलमा खाजा खाँदै गर्दा बालाजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने सचिन परियार ‘आइते’ र अञ्जली श्रेष्ठ आइपुग्छन् ।

भक्तपुर चाँगुनारायण–१ घर भएका २१ वर्षीय सचिन परियार र नुवाकोटको दुप्चेश्वर गाउँपालिका घर भई सो क्षेत्रमा बस्ने १८ वर्षीया अञ्जली श्रेष्ठ ‘लिभ–इन पार्टनर’ हुन् । खाजा घरमा युवराजले अञ्जलीलाई आँखा झिम्क्याएको निहुँमा उनलाई कुटपटि गर्ने योजना सचिनले बनाउछन् ।

खाजा घरमा सँगै खाजा खाएपछि अञ्जलीले आफूलाई स्वास्थ्य समस्या भएको बताइन् । सचिनले प्रहरी जवान घिमिरेलाई भने–‘हामीलाई घरसम्म मोटरसाइकलमा छाडिदिनुस् ।’

स्थानीय जोनस खत्रीको निर्माणाधीन घरमा बस्ने सचिन र अञ्जलीले सो ठाउँलाई आफ्नो घर बताएका थिए । प्रहरी जवानसहित ३ जना मोटरसाइकलमा त्यहाँ पुगे । निर्माणाधीन घरमा मोटरसाइकल नपुग्ने भएकाले घिमिरेले मोटरसाइकल केही मिटर तल रोके । हेलमेट सचिनले बोकेर हिँडे ।

घरभित्र पुग्ने बित्तिकै सचिनले घिमिरेको टाउकोमा हेलमेटले प्रहार गरे । सो भवनमा १३ वर्षीय नाबालकसहित ५ जना सुतिरहेका थिए । त्यसपछि सबै मिलेर घिमिरेको हत्या गरे । हत्या गरिसकेपछि निजहरुले युवराजको शवलाई सोहि स्थानमा लुकाए र उनले लगाएको लुगा जुत्ता जलाई नष्ट गरेका थिए ।