काठमाण्डु- प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिएका हुन् ।
प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजे बस्नेछ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो ।
यसअघि नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणबारे रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको थियो ।




प्रतिक्रिया