गृहमन्त्री अरुलाई आरोप थोपरेर आफू भाग्न खोजे : कांग्रेस

गृहमन्त्री अरुलाई आरोप थोपरेर आफू भाग्न खोजे : कांग्रेस

लामिछानेको असभ्य र कपोलकल्पित आरोपबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट भाग्न खोजेको आरोप लगाएको छ । बिहान नयाँ वानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न मागसमेत गरेको छ ।

लामिछाने हिजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले हिजोको संसद बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।

सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय पनि कांग्रेसले गरेको छ ।