प्रतिनिधि सभा बैठक मंगलवारसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक मंगलवारसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधि सभा बैठक मंगलवारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै संसद बैठक मंगलवार ११ बजेसम्म स्थगित गरिएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने बाहेकको बाँकी आजको कार्यसूची हटाएर सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको सभामुख घिमिरेले बताए।